ताजा समाचार

प्रोजेक्ट १०० माइन्ड्सका लागि आवेदन खुला, ३ दिन मात्र बाँकी

प्रकाशित मिति

March 19, 2026

पढ्न लाग्ने समय

2 मिनेट पढ्न लाग्ने
प्रोजेक्ट १०० माइन्ड्सका लागि आवेदन खुला, ३ दिन मात्र बाँकी

हेटौँडा, चैत ५ — बागमती प्रदेशका विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन हुन लागेको ‘प्रोजेक्ट १०० माइन्ड्स’ (कोहोर्ट–१, २०२६) का लागि आवेदन आह्वान गरिएको छ। आवेदन दिने समय सकिन अब ३ दिन मात्र बाँकी रहेको आयोजकले जनाएको छ।

डेभ कम्युनिटी नेपालद्वारा सञ्चालन हुने उक्त कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता विकास, सीप अभिवृद्धि र प्रविधि सम्बन्धी चेतना विस्तार गर्ने उद्देश्य राखेको छ। कार्यक्रममार्फत सहभागी विद्यार्थीलाई शैक्षिक पाठ्यक्रमभन्दा बाहिरका गतिविधिमा संलग्न गराउँदै व्यवहारिक अनुभव दिलाइने जनाइएको छ।

बागमती प्रदेशका लागि ‘Province Lead’, ‘Province Co-Lead’ तथा ‘Campus Ambassador’ पदमा आवेदन खुला गरिएको छ। चयन हुने विद्यार्थीले प्रदेश तथा क्याम्पस स्तरमा कार्यक्रम सञ्चालन र समन्वय गर्ने जिम्मेवारी पाउनेछन्।

आयोजकका अनुसार कार्यक्रममा सहभागी हुँदा विद्यार्थीले नेतृत्व तथा समन्वय सम्बन्धी अनुभव प्राप्त गर्नुका साथै देशभरका अन्य विद्यार्थीसँग सहकार्य गर्ने अवसर पाउनेछन्।

इच्छुकले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। विस्तृत जानकारीका लागि सम्बन्धित वेबसाइटमा हेर्न सकिनेछ।

बागमती प्रदेश अन्तर्गत निम्न नेतृत्व पदहरूका लागि आवेदन खुला गरिएको छ:

  • Province Lead
  • Province Co-Lead
  • Campus Ambassadors

यी पदहरूमा चयन हुने विद्यार्थीहरूले आफ्नो प्रदेश तथा क्याम्पसमा कार्यक्रम विस्तार, समन्वय र नेतृत्व गर्ने जिम्मेवारी पाउनेछन्।

यस परियोजनामा सहभागी हुँदा विद्यार्थीहरूले:

  • नेतृत्व तथा समन्वयको व्यावहारिक अनुभव हासिल गर्ने
  • शैक्षिक सीमाभन्दा बाहिरका परियोजनामा काम गर्ने अवसर पाउने
  • देशभरका सक्रिय विद्यार्थीहरूसँग सञ्जाल विस्तार गर्ने
  • आफ्नै समुदायमा सकारात्मक परिवर्तन ल्याउने अवसर प्राप्त गर्ने

📝 आवेदन लिंक:

https://forms.gle/tNGtCaXBKaboLeob8


थप जानकारी:

👉 https://project100minds.devcommunitynepal.org/

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

हेटौंडामा १५ दिने “लिटिल क्याम्प” आयोजना हुँदै ताजा समाचार

हेटौंडामा १५ दिने “लिटिल क्याम्प” आयोजना हुँदै

हेटौंडा — बागमती प्रदेशको प्रमुख व्यापारिक तथा शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै गएको हेटौंडामा बालबालिकाको…

2 हप्ता अगाडि
थप विवरण
हेटौंडाबाट ३ दिदीबहिनीसहित ५ जना बालबालिका बेपत्ता: फेला पार्नुहुनेले सम्पर्क गर्न आग्रह ताजा समाचार

हेटौंडाबाट ३ दिदीबहिनीसहित ५ जना बालबालिका बेपत्ता: फेला पार्नुहुनेले सम्पर्क गर्न आग्रह

हेटौंडा-११ नवलपुरका सुशील ढुंगानाका ३ छोरीसहित ५ जना बालबालिका ३ दिनदेखि बेपत्ता भएका छन्। फेला…

2 हप्ता अगाडि
थप विवरण
हेटौँडामा भीषण सडक दुर्घटना: हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्राको मृत्यु ताजा समाचार

हेटौँडामा भीषण सडक दुर्घटना: हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्राको मृत्यु

हेटौँडामा मोटरसाइकल र ट्रक ठोक्किँदा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट (HSM) मा अध्ययनरत छात्रा ऐक्या बैद्यको…

2 हप्ता अगाडि
थप विवरण
बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२ सफलतापूर्वक सम्पन्न ताजा समाचार

बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२ सफलतापूर्वक सम्पन्न

बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय, हेटौंडा उपमहानगरपालिका तथा एमसीसीआई कृषि प्रवर्द्धन समितिको संयुक्त आयोजनामा…

3 हप्ता अगाडि
थप विवरण