ताजा समाचार

नेपाल हृदयरोग निवारण प्रतिष्ठानद्वारा हेटौँडा अस्पताललाई मुटुरोगीका लागि ईन्जेक्सन हस्तान्तरण

प्रकाशित मिति

January 28, 2026

पढ्न लाग्ने समय

१ मिनेट पढ्न लाग्ने
नेपाल हृदयरोग निवारण प्रतिष्ठानद्वारा हेटौँडा अस्पताललाई मुटुरोगीका लागि ईन्जेक्सन हस्तान्तरण

नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय ललितपुरले हेटौँडा अस्पताललाई मुटुरोग तथा बाथका बिरामीको उपचारका लागि आवश्यक ईन्जेक्सन हस्तान्तरण गरेको छ। मंगलबार प्रतिष्ठानले प्रत्येक २१ दिनमा लगाउनुपर्ने पेनिडुरा (पेनसिलिन) समूहअन्तर्गतको रेहुजा नामक ईन्जेक्सन २०० माइल्ड अस्पताललाई उपलब्ध गराएको हो।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान का आजीवन सदस्य लक्ष्मण पौडेलका अनुसार अस्पतालको माग बमोजिम उक्त ईन्जेक्सन प्रदान गरिएको हो। ईन्जेक्सन हेटौँडा अस्पताल का निर्देशक डा. रामचन्द्र सापकोटा र डा. हरि बहादुर खड्कालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

हस्तान्तरण कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका अध्यक्ष विजयकुमार वैद्यसहित सानुकाजी पाण्डे, त्रिलोकमोहन थिके, आशा ढकाल, लक्ष्मण पौडेल र उदय भट्टराईको उपस्थिति रहेको थियो। कार्यक्रम नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरको समन्वयमा सम्पन्न भएको जनाइएको छ।

समयमै औषधि उपलब्ध गराइँदा मुटुरोग तथा बाथका बिरामीको नियमित उपचारमा सहजता पुग्ने र उपचार निरन्तरतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्रोत: सम्बृद्ध समाज

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

हेटौंडामा १५ दिने “लिटिल क्याम्प” आयोजना हुँदै ताजा समाचार

हेटौंडामा १५ दिने “लिटिल क्याम्प” आयोजना हुँदै

हेटौंडा — बागमती प्रदेशको प्रमुख व्यापारिक तथा शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै गएको हेटौंडामा बालबालिकाको…

2 हप्ता अगाडि
थप विवरण
हेटौंडाबाट ३ दिदीबहिनीसहित ५ जना बालबालिका बेपत्ता: फेला पार्नुहुनेले सम्पर्क गर्न आग्रह ताजा समाचार

हेटौंडाबाट ३ दिदीबहिनीसहित ५ जना बालबालिका बेपत्ता: फेला पार्नुहुनेले सम्पर्क गर्न आग्रह

हेटौंडा-११ नवलपुरका सुशील ढुंगानाका ३ छोरीसहित ५ जना बालबालिका ३ दिनदेखि बेपत्ता भएका छन्। फेला…

2 हप्ता अगाडि
थप विवरण
हेटौँडामा भीषण सडक दुर्घटना: हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्राको मृत्यु ताजा समाचार

हेटौँडामा भीषण सडक दुर्घटना: हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्राको मृत्यु

हेटौँडामा मोटरसाइकल र ट्रक ठोक्किँदा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट (HSM) मा अध्ययनरत छात्रा ऐक्या बैद्यको…

2 हप्ता अगाडि
थप विवरण
बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२ सफलतापूर्वक सम्पन्न ताजा समाचार

बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२ सफलतापूर्वक सम्पन्न

बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय, हेटौंडा उपमहानगरपालिका तथा एमसीसीआई कृषि प्रवर्द्धन समितिको संयुक्त आयोजनामा…

3 हप्ता अगाडि
थप विवरण