ताजा समाचार

बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२ सफलतापूर्वक सम्पन्न

प्रकाशित मिति

March 30, 2026

पढ्न लाग्ने समय

5 मिनेट पढ्न लाग्ने
बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२ सफलतापूर्वक सम्पन्न

बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय, हेटौंडा उपमहानगरपालिका तथा एमसीसीआई कृषि प्रवर्द्धन समितिको संयुक्त आयोजनामा ४ दिने “बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। “कृषि प्रदर्शनी एवं प्रवर्द्धन: ज्ञान, सीप, प्रविधि र बजारको संगम” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त कार्यक्रमले कृषि क्षेत्रका विभिन्न पक्षहरूलाई एउटै मंचमा जोड्दै ज्ञान, प्रविधि र बजारबीचको सम्बन्धलाई मजबुत बनाएको थियो।

mcci chairman giving speech on event

कार्यक्रमको उद्घाटन कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव मधुसूदन जीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने सभाध्यक्षता प्रमोद सिंह राना भाटले गर्नुभएको थियो। नीलम पाण्डे कृषि समिति संयोजक, महासचिव तथा कार्यसञ्चालिका प्रतिमा श्रेष्ठ लगायत विभिन्न सरोकारवाला निकाय, किसान, उद्यमी तथा कृषि विज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

BIBEK SUBEDI GIVING SPEECH ABOUT POLICY 21 OF AGRICULTURE NERMS OD KRISHI SHAMITI

कार्यक्रममा करिब ४० वटा उत्पादन, ब्रान्डिङ, मार्केटिङ, एसेम्ब्ली तथा डिस्ट्रीब्युसनमा संलग्न किसान तथा उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो। साथै कृषि तथा पशुपन्छी क्षेत्रको समग्र विकासलाई ध्यानमा राख्दै २१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।

makawanpur cdo buying from stall on krishi pradasani

कार्यक्रमको दोस्रो दिन “सफलताको कथा” शीर्षक अन्तर्गत विभिन्न सफल कृषि उद्यमीहरूले आफ्नो अनुभव, संघर्ष, नवप्रवर्तन तथा उपलब्धिहरू सहभागीहरूबीच साझा गर्नुभएको थियो। यस सत्रले विशेष गरी नयाँ किसान, युवा उद्यमी तथा स्टार्टअपहरूलाई व्यवहारिक सिकाइ र प्रेरणा प्रदान गरेको थियो।

sukraraj lama givingg speech on simal tarul at saphaltako katha

Cashaba International का प्रतिनिधि सुक्र लामाले ग्लुटेन-फ्री उत्पादनहरूको बढ्दो बजार सम्भावना, स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूको माग तथा त्यसबाट सिर्जना हुने विभिन्न बाइ-प्रोडक्टहरूबारे विस्तृत जानकारी दिनुभयो। उहाँले स्थानीय स्रोतहरूको अधिकतम उपयोग गर्दै value addition मार्फत उत्पादनलाई उच्च मूल्यमा रूपान्तरण गर्ने रणनीतिहरू, ब्रान्डिङ तथा अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने सम्भावनाबारे प्रकाश पार्नुभयो।

fenchu lamam giving speeech about journey on spahalata ko katha

यसैगरी MNS Agro का फेन्चु लामाले ड्रागन फ्रुट, मेवा (पपाया), तरबूजा जस्ता उच्च मूल्यका फलफूल खेतीमा आफ्नो सात वर्षभन्दा बढीको अनुभव साझा गर्नुभयो। उहाँले आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन व्यवस्थापन, प्रोसेसिङ तथा विभिन्न बाइ-प्रोडक्टहरूको विकासमार्फत कृषिलाई व्यवसायिक बनाउने प्रक्रियाबारे व्यावहारिक जानकारी दिनुभयो। साथै बजारसँग प्रत्यक्ष रूपमा जोडिने रणनीति, ब्रान्ड निर्माण र उत्पादनको स्थायित्व कायम गर्ने विषयमा पनि विशेष जोड दिनुभयो।

agritech entrepreneur abhshek giving speech on krishi pardashani about journey

Himalaya Krishi का संस्थापक अभिषेक अधिकारीले मुर्रा केन्द्रित पशुपालन प्रणालीमा आफ्नो दस वर्षभन्दा बढीको अनुभव प्रस्तुत गर्नुभयो। उहाँले परम्परागत पशुपालनलाई AgriTech सँग जोड्दै आधुनिक डेयरी व्यवस्थापन प्रणाली विकास गर्ने विषयमा विस्तृत रूपमा जानकारी दिनुभयो। उहाँको प्रस्तुतीमा डेटा-आधारित पशु व्यवस्थापन, डिजिटल रेकर्ड प्रणालीमार्फत स्वास्थ्य, प्रजनन तथा दूध उत्पादनको निगरानी, उन्नत प्रजनन प्रविधि, स्मार्ट फिडिङ तथा पोषण व्यवस्थापन र डेयरी भ्यालु चेन विकासका विषयहरू समेटिएका थिए। उहाँले कृषिलाई स्टार्टअप मोडेलमा रूपान्तरण गर्दै दिगो र स्केलेबल व्यवसायको रूपमा विकास गर्ने सम्भावनाबारे आफ्नो अनुभव र दृष्टिकोण साझा गर्नुभयो।

nilam pandey giving a maya ko chino

कार्यक्रमको तेस्रो दिन कृषि तथा पशुपन्छी मन्त्रालयका नारायण श्रेष्ठको विशेष सहभागिता रहेको थियो जसले नीति, प्रविधि र कार्यान्वयनबीचको सम्बन्धलाई अझ स्पष्ट पार्ने अवसर प्रदान गर्‍यो। कार्यक्रमको समापन मीना कुमारी लामाबाट गरिएको थियो। समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच वटा स्टललाई पुरस्कार प्रदान गरिएको थियो, जसले सहभागीहरूमा थप उत्साह र प्रेरणा प्रदान गरेको थियो।

peoples on stage on krishi pradashani

कार्यक्रमको चौथो दिन समापन समारोह हेटौंडा उपमहानगरपालिकाका प्रमुख ज्यू मीना कुमारी लामा को नेतृत्वमा सम्पन्न भएको थियो। उहाँले आफ्नो समापन मन्तव्यमा कार्यक्रमको समग्र उपलब्धि, सिकाइ र प्रभावबारे प्रकाश पार्दै यस्तो कार्यक्रमले कृषि क्षेत्रलाई नयाँ दिशा दिएको उल्लेख गर्नुभयो। उहाँले किसान, उद्यमी तथा सरोकारवाला निकायहरूबीच सहकार्य, नवप्रवर्तन र प्रविधिको प्रयोगलाई अझ सशक्त बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

हेटौंडा उपमहानगरपालिकाका प्रमुखले ज्यू हालसम्म कृषि क्षेत्रमा भएका कामहरू मुख्यतः अनुदान र प्रोत्साहनमा केन्द्रित रहेको उल्लेख गर्दै अब उत्पादनमुखी मात्र नभई लगानीको पूर्ण अनुगमन (monitoring) आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी दिनमा अनुदानको प्रभावकारिता सुनिश्चित गर्न कडाइका साथ अनुगमन प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसै क्रममा उहाँले १ लाख ड्रागन फलका बिरुवा वितरण, ३४ हजार मेवा (पपाया) रोपण, मकै ब्लक कार्यक्रम, आलु ब्लक कार्यक्रम तथा महिला उद्यमी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। यी कार्यक्रममार्फत स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यवसायिक बनाउने लक्ष्य राखिएको उहाँले स्पष्ट पार्नुभयो।

mina dd promoting a kishan

समापन समारोहका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने ५ वटा स्टललाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो, जसले सहभागीहरूलाई थप प्रेरणा र उत्साह प्रदान गरेको थियो। साथै, कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण व्यक्तिहरू तथा संस्थाहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम औपचारिक रूपमा सम्पन्न गरिएको थियो।

कार्यक्रमलाई सफल बनाउन विभिन्न संस्था तथा व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको थियो। DDC ले एक दिन सहभागीहरूलाई मोही उपलब्ध गराएको थियो भने Himalaya Krishi ले दही तथा MNS Agro ले मेवा वितरण गरेको थियो। साथै स्वादिष्ट अचार, AK Dairy को खुवा चकलेट तथा Hashtag Web Solution को innovative humanless stall लगायतका आकर्षणहरूले कार्यक्रमलाई अझ प्रभावकारी, आधुनिक र अनुभवमूलक बनाएका थिए।

यस कार्यक्रमले केवल कृषि प्रदर्शनीको रूपमा सीमित नभई मूल्य सिर्जना गर्ने सशक्त प्लेटफर्मको रूपमा आफ्नो पहिचान बनाएको छ। कार्यक्रममा किसान र उद्यमीबीच ज्ञान र अनुभवको आदानप्रदान हुनुका साथै उत्पादनलाई ब्रान्डिङ र बजारसँग जोड्ने अवसरहरू सिर्जना भएका थिए। AgriTech को प्रयोगमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्ने सम्भावना देखिएको छ भने स्थानीय उत्पादनलाई value addition मार्फत उच्च मूल्यमा रूपान्तरण गर्ने दिशामा स्पष्ट मार्गचित्र प्राप्त भएको छ। साथै नयाँ उद्यमीहरूका लागि नेटवर्किङ, सहकार्य र व्यवसाय विस्तारका अवसरहरू पनि विकास भएका छन्।

कार्यक्रमको अन्तिम दिन, डिभिजन पशु सेवा कार्यालय हेटौंडाका कार्यालय प्रमुख डा. रामप्रकाश प्रधान ज्यूले मेलाको अवलोकन गर्दै किसानहरूले कृषि र पशुपालनलाई एकसाथ समन्वयात्मक रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले यस कार्यक्रमले त्यही उद्देश्यलाई ध्यानमा राखी आयोजना गरिएको उल्लेख गर्नुभयो।

FENCHU LAMA AND

उहाँका अनुसार, यस कार्यक्रममार्फत स्थानीय स्तरमा उत्पादन वृद्धि भएको, कृषिमा नवीन प्रवर्द्धन आएको तथा किसानहरूका लागि नयाँ अवसरहरू सिर्जना भएका छन्।

अन्ततः यस्तो कार्यक्रमहरूले नेपालको कृषि क्षेत्रलाई परम्परागत प्रणालीबाट आधुनिक, प्रविधिमैत्री र व्यवसायिक दिशातर्फ रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। सम्पूर्ण आयोजक, सह-आयोजक, सहभागी, किसान, उद्यमी, प्राविधिक विज्ञ तथा सहयोगीहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको सक्रिय सहभागिता र सहयोगकै कारण यो कार्यक्रम सफल, प्रभावकारी र अर्थपूर्ण बन्न सफल भएको हो।

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

हेटौंडामा १५ दिने “लिटिल क्याम्प” आयोजना हुँदै ताजा समाचार

हेटौंडामा १५ दिने “लिटिल क्याम्प” आयोजना हुँदै

हेटौंडा — बागमती प्रदेशको प्रमुख व्यापारिक तथा शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै गएको हेटौंडामा बालबालिकाको…

2 हप्ता अगाडि
थप विवरण
हेटौंडाबाट ३ दिदीबहिनीसहित ५ जना बालबालिका बेपत्ता: फेला पार्नुहुनेले सम्पर्क गर्न आग्रह ताजा समाचार

हेटौंडाबाट ३ दिदीबहिनीसहित ५ जना बालबालिका बेपत्ता: फेला पार्नुहुनेले सम्पर्क गर्न आग्रह

हेटौंडा-११ नवलपुरका सुशील ढुंगानाका ३ छोरीसहित ५ जना बालबालिका ३ दिनदेखि बेपत्ता भएका छन्। फेला…

2 हप्ता अगाडि
थप विवरण
हेटौँडामा भीषण सडक दुर्घटना: हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्राको मृत्यु ताजा समाचार

हेटौँडामा भीषण सडक दुर्घटना: हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्राको मृत्यु

हेटौँडामा मोटरसाइकल र ट्रक ठोक्किँदा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट (HSM) मा अध्ययनरत छात्रा ऐक्या बैद्यको…

2 हप्ता अगाडि
थप विवरण
प्रोजेक्ट १०० माइन्ड्सका लागि आवेदन खुला, ३ दिन मात्र बाँकी ताजा समाचार

प्रोजेक्ट १०० माइन्ड्सका लागि आवेदन खुला, ३ दिन मात्र बाँकी

हेटौँडा, चैत ५ — बागमती प्रदेशका विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन हुन लागेको ‘प्रोजेक्ट १०० माइन्ड्स’…

4 हप्ता अगाडि
थप विवरण