ताजा समाचार

बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी २०८२ हेटौँडामा हुने

प्रकाशित मिति

March 19, 2026

पढ्न लाग्ने समय

१ मिनेट पढ्न लाग्ने
बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी २०८२ हेटौँडामा हुने

हेटौँडा, चैत ५ गते।बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी २०८२ हेटौँडामा आयोजना हुने भएको छ। मकवानपुर उद्योग वाणिज्य संघको कृषि प्रवर्द्धन समितिको आयोजनामा उक्त प्रदर्शनी चैत १३ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिनेछ।

प्रदर्शनी हेटौँडास्थित पल्पसा हलमा आयोजना गरिने आयोजकले जनाएको छ।

प्रदर्शनीमा प्रदेशभरका किसानहरूले उत्पादन गरेका कृषि उपज, रैथाने बाली, कृषि औजार, उपकरण तथा आधुनिक कृषि प्रविधिहरू प्रदर्शन गरिनेछ। समितिका संयोजक निलम पाण्डेका अनुसार, यस कार्यक्रमले कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै किसानलाई बजारसँग जोड्ने लक्ष्य राखेको छ।

कृषि प्रदर्शनी २०८२ को तयारी बैठकमा आयोजक टोली छलफल गर्दै

यसैबीच, प्रदर्शनीमा सहभागी हुन इच्छुक छानिएका उद्यमी तथा स्टार्टअपहरूलाई नि:शुल्क स्टल उपलब्ध गराइने व्यवस्था गरिएको छ।

यदि तपाईं कृषि, पशुपालन वा एग्रो–बिजनेस क्षेत्रमा नयाँ समाधान र नवप्रवर्तनमा काम गर्दै हुनुहुन्छ भने, आयोजकसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

📞 सम्पर्क (Spokesperson): 9855070110

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

साउनदेखि नागढुंगा टनेल सञ्चालन गर्ने सरकारको तयारी; लोकेश ओलीद्वारा विस्तृत भिडियो सार्वजनिक ताजा समाचार

साउनदेखि नागढुंगा टनेल सञ्चालन गर्ने सरकारको तयारी; लोकेश ओलीद्वारा विस्तृत भिडियो सार्वजनिक

काठमाडौं – नेपालको यातायात क्षेत्रमा एउटा ठूलो परिवर्तन हुँदैछ। यसै क्रममा, सरकारले बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला टनेल…

5 घण्टा अगाडि
थप विवरण
५० लाखसम्मका विद्युतीय सवारी सस्ता हुने, सरकारले ईभी कर नीति परिमार्जन गर्दै People & Leadership

५० लाखसम्मका विद्युतीय सवारी सस्ता हुने, सरकारले ईभी कर नीति परिमार्जन गर्दै

सरकारले ईभी कर नीतिमा परिवर्तन गर्ने तयारी गरेको छ। वित्तमन्त्रीका अनुसार ५० लाख रुपैयाँसम्म मूल्यका…

13 घण्टा अगाडि
थप विवरण
बिजुली उपभोगमा ५ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय; सामाजिक सञ्जालमा तीव्र विरोध ताजा समाचार

बिजुली उपभोगमा ५ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय; सामाजिक सञ्जालमा तीव्र विरोध

काठमाडौँ — नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) को…

1 दिन अगाडि
थप विवरण
सुनको मूल्यमा एकै दिन रु २०,५०० को ऐतिहासिक वृद्धि; प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ पुग्यो ताजा समाचार

सुनको मूल्यमा एकै दिन रु २०,५०० को ऐतिहासिक वृद्धि; प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ पुग्यो

काठमाडौँ — नेपाली सुनचाँदी बजारमा आइतबार एक अभूतपूर्व र ऐतिहासिक मूल्य वृद्धि भएको छ। नेपाल…

1 दिन अगाडि
थप विवरण