ताजा समाचार

विद्यार्थी नवप्रवर्तनलाई प्रोत्साहन गर्दै IOF हेटौंडामा Hult Prize सम्पन्न

प्रकाशित मिति

February 26, 2026

पढ्न लाग्ने समय

2 मिनेट पढ्न लाग्ने
विद्यार्थी नवप्रवर्तनलाई प्रोत्साहन गर्दै IOF हेटौंडामा Hult Prize सम्पन्न
हेटौंडा स्थित Institute of Forestry, Hetauda Campus मा आयोजना गरिएको Hult Prize at IOF, Hetauda कार्यक्रम यही फागुन १० गते हेटौंडाको Palpasa Paradise Home मा भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।

हेटौंडा स्थित Institute of Forestry, Hetauda Campus मा आयोजना गरिएको Hult Prize at IOF, Hetauda कार्यक्रम यही फागुन १० गते हेटौंडाको Palpasa Paradise Home मा भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा मिना लामा, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख, तथा विशिष्ट अतिथिको रूपमा राजकुमार ठाकुर, वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका महाशाखा प्रमुखको गरिमामय उपस्थिति रहेको थियो।

त्यसैगरी विशेष अतिथिका रूपमा वन विज्ञान अध्ययन संस्थानका क्याम्पस प्रमुख डा. याम ब. के.सी. तथा University of Central Lancashire का नेपाल प्रतिनिधि हिमाल गौतम सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा Himalayan Krishi का प्रतिनिधि अभिषेक अधिकारी तथा एडभाइजरद्वय विक्रम भण्डारी र कोपिला अर्यालको पनि उपस्थिति रहेको जानकारी हल्ट प्राइजका क्याम्पस निर्देशक विनय तिमिल्सिना ले दिनुभयो।

प्रतियोगितामा कुल १० समूह ग्रान्ड फिनालेमा प्रवेश गरेका थिए। प्रतिस्पर्धाबाट प्रथम स्थान टिम भानिका (क्याप्टेन: शिला थारु, सदस्य: समीक्षा रेग्मी) ले हासिल गरेको छ। द्वितीय स्थान टिम बन्सिप (क्याप्टेन: अस्मिता राजभण्डारी, सदस्य: आयुश थारु) ले तथा तृतीय स्थान टिम हर्बानोभा (क्याप्टेन: हिमशिखा भूषाल, सदस्यहरू: हेमन्त भट्टराई, अन्जली यादव र अनु कोइराला) ले प्राप्त गरेका छन्।
प्रथम स्थान हासिल गर्न सफल टिम भानिका राष्ट्रिय चरण (नेशनल राउन्ड) का लागि काठमाडौं जान छनोट भएको छ।

यसैबीच, बेस्ट पिचर को उपाधि टिम भानिकाकी क्याप्टेन शिला थारु ले प्राप्त गर्नुभएको छ। सो उपाधिसँगै उहाँले १ वर्षको WorldLink को निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्नुहुनेछ।

पुरस्कारतर्फ प्रथम हुने टोलीलाई रु. १०,०००, द्वितीय हुने टोलीलाई रु. ४,००० र तृतीय हुने टोलीलाई रु. २,००० नगद पुरस्कार प्रदान गरिएको थियो। साथै विभिन्न गिफ्ट भौचरहरू पनि वितरण गरिएको थियो।

निर्णायक मण्डलमा Makwanpur Chamber of Commerce and Industry का कार्यकारी निर्देशक सुजन सुवेदी, J&B Barista Academy का प्रमुख जगदीश विडारी, Communication, Environment & Global SDGs का आशिष लामिछाने, वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशकी सातौँ तहकी अधिकृत सृजना अधिकारी, तथा Fresh Masala का प्रबन्ध निर्देशक आयुष कुमार डोटेल रहनुभएको थियो।

कार्यक्रमले विद्यार्थीहरूमा नवप्रवर्तन, उद्यमशीलता र दिगो विकासका लक्ष्यहरूप्रति सोच र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ। भविष्यमा पनि यस्ता सृजनात्मक र प्रभावकारी कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता क्याम्पस निर्देशक तिमिल्सिनाले व्यक्त गर्नुभएको छ।

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

हेटौंडामा १५ दिने “लिटिल क्याम्प” आयोजना हुँदै ताजा समाचार

हेटौंडामा १५ दिने “लिटिल क्याम्प” आयोजना हुँदै

हेटौंडा — बागमती प्रदेशको प्रमुख व्यापारिक तथा शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै गएको हेटौंडामा बालबालिकाको…

2 हप्ता अगाडि
थप विवरण
हेटौंडाबाट ३ दिदीबहिनीसहित ५ जना बालबालिका बेपत्ता: फेला पार्नुहुनेले सम्पर्क गर्न आग्रह ताजा समाचार

हेटौंडाबाट ३ दिदीबहिनीसहित ५ जना बालबालिका बेपत्ता: फेला पार्नुहुनेले सम्पर्क गर्न आग्रह

हेटौंडा-११ नवलपुरका सुशील ढुंगानाका ३ छोरीसहित ५ जना बालबालिका ३ दिनदेखि बेपत्ता भएका छन्। फेला…

2 हप्ता अगाडि
थप विवरण
हेटौँडामा भीषण सडक दुर्घटना: हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्राको मृत्यु ताजा समाचार

हेटौँडामा भीषण सडक दुर्घटना: हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्राको मृत्यु

हेटौँडामा मोटरसाइकल र ट्रक ठोक्किँदा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट (HSM) मा अध्ययनरत छात्रा ऐक्या बैद्यको…

2 हप्ता अगाडि
थप विवरण
बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२ सफलतापूर्वक सम्पन्न ताजा समाचार

बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२ सफलतापूर्वक सम्पन्न

बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय, हेटौंडा उपमहानगरपालिका तथा एमसीसीआई कृषि प्रवर्द्धन समितिको संयुक्त आयोजनामा…

3 हप्ता अगाडि
थप विवरण