ताजा समाचार

Cloud Innovation Day 2026: हेटौंडामा दुई दिने AWS आधारित hands-on सम्मेलनले स्थानीय टेक इकोसिस्टमलाई स्पष्ट दिशा दियो

प्रकाशित मिति

February 25, 2026

पढ्न लाग्ने समय

4 मिनेट पढ्न लाग्ने
Cloud Innovation Day 2026: हेटौंडामा दुई दिने AWS आधारित hands-on सम्मेलनले स्थानीय टेक इकोसिस्टमलाई स्पष्ट दिशा दियो

हेटौंडा। Karnovation Inc., One Cloud Eutopia तथा स्थानीय प्रविधि समुदायको संयुक्त आयोजनामा Cloud Innovation Day 2026 हेटौंडामा भव्य रूपमा सम्पन्न भएको छ। फाल्गुण ९ र १० गते हेटौंडास्थित होटल इग्नामा आयोजित यो दुई दिने कार्यक्रम हेटौंडामा हालसम्मकै सबैभन्दा केन्द्रित, व्यवहारिक र समुदाय-आधारित AWS सम्मेलनका रूपमा चिनिएको छ।

कार्यक्रममा ८० भन्दा बढी स्थानीय टेक उत्साही, आईटी विद्यार्थी, स्टार्टअप उद्यमी, सफ्टवेयर डेभलपर, साइबर सुरक्षा अभिरुचि भएका युवा तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनको मूल उद्देश्य स्थानीय प्रविधि उद्योगलाई Amazon Web Services (AWS) ecosystem सँग प्रत्यक्ष रूपमा जोड्नु, cloud computing मा व्यवहारिक सीप विकास गर्नु र हेटौंडालाई दीर्घकालीन टेक हबका रूपमा अघि बढाउने आधार तयार गर्नु रहेको आयोजकले जनाएका छन्।

Hetauda मा आयोजित Cloud Innovation Day 2026 मा सहभागीहरू AWS cloud computing को hands-on प्रशिक्षण लिँदै

कार्यक्रमको पहिलो र दोस्रो दिन दुवै hands-on learning मा केन्द्रित रहे। सहभागीहरूले static website hosting on AWS, EC2 instance creation, S3 deployment, cloud architecture को आधारभूत अवधारणा, scalability र real-world use cases मा प्रत्यक्ष अभ्यास गरे। धेरै सहभागीका लागि AWS मा पहिलो पटक काम गर्ने अवसर भएकाले सिकाइ अनुभव अत्यन्त व्यावहारिक र प्रभावकारी बनेको देखिन्थ्यो।

Cloud Innovation Day 2026 को प्रशिक्षण सत्रमा AWS EC2 र S3 deployment को प्रत्यक्ष अभ्यास

प्रशिक्षण सत्रहरूमा cloud computing को इतिहासदेखि लिएर भविष्यको प्रविधि ट्रेन्डसम्म छलफल गरिएको थियो। यसले सहभागीहरूलाई केवल प्राविधिक सीप मात्र होइन, cloud प्रविधिले उद्योग, कृषि, व्यवसाय र सरकारी सेवामा ल्याउन सक्ने रूपान्तरणबारे पनि स्पष्ट बुझाइ दिएको आयोजकहरूले बताएका छन्।

‘How to Grow Tech in Hetauda’ विषयमा गहिरो बहस

होटल इग्ना, हेटौंडामा सम्पन्न Cloud Innovation Day 2026 को conference hall दृश्य

कार्यक्रमको प्रमुख आकर्षण “How to Grow Tech in Hetauda” शीर्षकको प्यानल छलफल रह्यो। प्यानलिस्टका रूपमा उपेन्द्र प्रसाद न्यौपाने (AWS Community Builder), इ. श्रीराज खातीवडा (टेक स्ट्याक अनुसन्धानकर्ता तथा लेक्चरर), अविनाश झा (डिजास्टर रिकभरी सेन्टर, हेटौंडाका वरिष्ठ टेक इन्जिनियर), रमेश श्रेष्ठ (आईटी कम्युनिटी बिल्डर), आयुष डोटेल (युवा व्यवसायिक कम्युनिटी बिल्डर तथा टेक विद्यार्थी) र सुजन सुवेदी (मकवानपुर उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक) सहभागी थिए।

How to Grow Tech in Hetauda विषयमा प्यानल छलफल गर्दै प्रविधि विज्ञहरू

छलफलमा हेटौंडामा उपलब्ध स्थानीय प्रतिभा, शिक्षण संस्थाको भूमिका, निजी क्षेत्रको सहभागिता, स्टार्टअप संस्कृति र cloud प्रविधिमा आधारित रोजगारीका अवसरबारे गहिरो विचार-विमर्श गरियो। वक्ताहरूले हेटौंडामा टेक विकास सम्भव रहेको र सही दिशा, सीप र समुदाय मिलेमा राजधानी-केन्द्रित प्रवृत्ति घटाउन सकिने धारणा व्यक्त गरे।

समुदाय निर्माणमा बलियो जोड

कार्यक्रमको सञ्चालन हेटौंडाका टेक तथा एग्रिटेक कम्युनिटी बिल्डर तथा Himalaya Krishi का संस्थापकले गरेका थिए। उनले छलफललाई स्थानीय सन्दर्भ, व्यवहारिक उदाहरण र सहभागीहरूको प्रश्नसँग जोड्दै अत्यन्त अन्तरक्रियात्मक बनाए।

विशेष अतिथिका रूपमा हेटौंडाका व्यवसायी तथा J & B Coffee का संस्थापक जगदीश बिडारी सहभागी भए। उनले स्थानीय व्यवसायलाई विश्व बजारसम्म पुर्‍याउन प्रविधि, ब्रान्डिङ र डिजिटल सोच अपरिहार्य रहेको उल्लेख गरे।

सहभागीहरूको अनुभव र प्रतिक्रिया

हेटौंडाको टेक समुदायसँग Cloud Innovation Day 2026 का आयोजक र वक्ताहरू

हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोशल साइन्सेजका EMIS Assistant प्रदीप खड्का ले AWS Cloud Innovation Day लाई हेटौंडाका ठूला आईटी कार्यक्रममध्ये एक बताउँदै, “यहाँ प्रविधिभन्दा पनि समुदाय निर्माणको भावना सबैभन्दा बलियो देखियो,” भने।
SAMC Tech Club का अध्यक्ष तथा कम्प्युटर साइन्स विद्यार्थी महेश लामा ले EC2 र S3 मा गरिएको प्रत्यक्ष अभ्यासले थियोरी र व्यवहारबीचको दूरी घटाएको बताए।
Cybersecurity Enthusiast रितेश प्रजापति ले सम्मेलनले अपेक्षाभन्दा बढी ज्ञान र स्रोत प्रदान गरेको उल्लेख गर्दै सहभागीहरूलाई छ महिनासम्म निःशुल्क paid learning resources उपलब्ध गराइनु कार्यक्रमको महत्वपूर्ण उपलब्धि भएको बताए।

आयोजकको धारणा

Cloud Innovation Day 2026 का Lead Organizer अभिषेक अधिकारी हेटौंडामा आयोजित AWS कार्यक्रमको क्रममा

कार्यक्रमका Lead Organizer अभिषेक अधिकारी का अनुसार, “८० भन्दा बढी builder हरू एकै उद्देश्यका साथ भेला भएहेटौंडामा cloud growth। कुनै राजनीति, कुनै प्रचार होइन,केवल pure tech, live demo र वास्तविक संवाद।” उनका अनुसार यो कार्यक्रम हेटौंडाको टेक समुदायका लागि एउटा सुरुवात मात्र हो।

हेटौंडाका टेक कम्युनिटी बिल्डर अभिषेक अधिकारी Cloud Innovation Day 2026 मा सहभागीहरूसँग”

Cloud Innovation Day 2026 ले हेटौंडामा cloud computing, AWS ecosystem र टेक समुदाय निर्माणबारे स्पष्ट सन्देश दिएको छ। स्थानीय प्रतिभालाई व्यवहारिक सीप, नेटवर्क र दीर्घकालीन दृष्टिसँग जोड्दै यो सम्मेलनले हेटौंडालाई भविष्यको आईटी केन्द्रका रूपमा अघि बढाउने बलियो आधार तयार गरेको आयोजकहरूको विश्वास छ।

Cloud Innovation Day 2026 को सफल आयोजनामा स्थानीय टेक कम्युनिटी नेतृत्वको भूमिका निर्णायक देखियो। विशेषगरी Abhishek Adhikari को संयोजन क्षमता, hands-on सिकाइमा केन्द्रित दृष्टिकोण र समुदाय निर्माणप्रतिको दीर्घकालीन प्रतिबद्धताले कार्यक्रमलाई प्रभावकारी बनाएको सहभागी र वक्ताहरूले प्रतिक्रिया दिएका छन्। स्थानीय युवालाई AWS ecosystem सँग व्यवहारिक रूपमा जोड्ने प्रयासले हेटौंडाको टेक भविष्यप्रति सकारात्मक सन्देश दिएको उनीहरूको भनाइ छ।

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

हेटौंडामा १५ दिने “लिटिल क्याम्प” आयोजना हुँदै ताजा समाचार

हेटौंडामा १५ दिने “लिटिल क्याम्प” आयोजना हुँदै

हेटौंडा — बागमती प्रदेशको प्रमुख व्यापारिक तथा शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै गएको हेटौंडामा बालबालिकाको…

2 हप्ता अगाडि
थप विवरण
हेटौंडाबाट ३ दिदीबहिनीसहित ५ जना बालबालिका बेपत्ता: फेला पार्नुहुनेले सम्पर्क गर्न आग्रह ताजा समाचार

हेटौंडाबाट ३ दिदीबहिनीसहित ५ जना बालबालिका बेपत्ता: फेला पार्नुहुनेले सम्पर्क गर्न आग्रह

हेटौंडा-११ नवलपुरका सुशील ढुंगानाका ३ छोरीसहित ५ जना बालबालिका ३ दिनदेखि बेपत्ता भएका छन्। फेला…

2 हप्ता अगाडि
थप विवरण
हेटौँडामा भीषण सडक दुर्घटना: हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्राको मृत्यु ताजा समाचार

हेटौँडामा भीषण सडक दुर्घटना: हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्राको मृत्यु

हेटौँडामा मोटरसाइकल र ट्रक ठोक्किँदा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट (HSM) मा अध्ययनरत छात्रा ऐक्या बैद्यको…

2 हप्ता अगाडि
थप विवरण
बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२ सफलतापूर्वक सम्पन्न ताजा समाचार

बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२ सफलतापूर्वक सम्पन्न

बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय, हेटौंडा उपमहानगरपालिका तथा एमसीसीआई कृषि प्रवर्द्धन समितिको संयुक्त आयोजनामा…

3 हप्ता अगाडि
थप विवरण