ताजा समाचार

मकवानपुर–१ मा इन्जिनियर सुरेन्द्र लामाको निर्वाचन अभियान : स्थानीय समस्यालाई प्राथमिकतामा राख्दै समृद्धि सुनिश्चित गर्ने वाचा

प्रकाशित मिति

January 25, 2026

पढ्न लाग्ने समय

2 मिनेट पढ्न लाग्ने
मकवानपुर–१ मा इन्जिनियर सुरेन्द्र लामाको निर्वाचन अभियान : स्थानीय समस्यालाई प्राथमिकतामा राख्दै समृद्धि सुनिश्चित गर्ने वाचा

मकवानपुर जिल्ला, निर्वाचन क्षेत्र नं. १ — मकवानपुर क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा (योञ्जन) ले स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका दीर्घकालीन समस्याहरू गम्भीर र तत्काल समाधानका लागि जोड दिएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीयवासीका समस्या बुझ्न र समाधानका उपाय खोज्न विभिन्न स्थानमा निरन्तर भेटघाट र छलफल गरिरहेका सुरेन्द्र लामाले बागमती–२ लगायतका क्षेत्रमा प्राथमिक पूर्वाधार अभाव, कमजोर सडक सञ्जाल, तथा वर्षायाममा बारम्बार आउने बाढी समस्या जस्ता विषयलाई प्रमुख रुपमा औँल्याएका छन्। उनले स्थानीयको आवाजलाई आफ्ना नीतिगत र कार्यान्वयन केन्द्रबिन्दु बनाउनुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।

उहाँले उल्लेख गरे अनुसार बागमती–२ क्षेत्रमा उचित पुल तथा सडक निर्माण नहुँदा स्थानीय यातायातमा व्यवधान भइरहेको स्थानीयवासीले बताएका छन्। कमजोर सडक सञ्जालका कारण दैनिक आवागमन कठिन भएको, वर्षायाममा बारम्बार बाढीले स्थानीय कृषिजन्य तथा आवासीय क्षेत्र प्रभावित भएको जनाएको छ।

विशेष गरी गुहिये, लामकाना र चौरावा क्षेत्रमा पर्ने तीन खहरेमा वर्षा सँगै बाढी आउँदा जनजीवन र पैदावार दुवै प्रभावित भएको उल्लेख गर्दै स्थानीयवासीले “दोस्रो कर्णाली” मा बसिरहेको अनुभूत भइरहेको जिकिर गरे।

स्थानीयको एक मत अनुरोधअनुसार डोटे रोडको तत्काल निर्माण आवश्यक रहेको र यसलाई प्राथमिकतामा राख्नुपर्ने माग पनि उठाइएको छ। उम्मेदवार लामा (योञ्जन) का अनुसार, “स्थानीयवासीको साँचो समस्या बुझेर समाधान गर्न राज्यको ध्यान पु¥याउनु हाम्रो दायित्व हो र यसकै लागि म संघर्षरत छु।”

उहाँले थप भने, “स्थानीयसँगको छलफल र प्रत्यक्ष संवादमार्फत आगामी योजना र कार्यक्रम बनाइँदैछ, जसले यस क्षेत्रको समग्र विकासलाई तिब्रता प्रदान गर्नेछ। अब समय आयो जति समस्याग्रस्त क्षेत्रलाई विकास र समृद्धिको मार्गमा लैजाने।”

निर्वाचन क्षेत्रमा जारी आफ्नो अभियानमा, इन्जिनियर लामा स्थानीयहरूसँग गहिरो विश्वास निर्माण गर्दै, सुशासन, समावेशी विकास र आधारभूत सेवामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छन्।

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

हेटौंडामा १५ दिने “लिटिल क्याम्प” आयोजना हुँदै ताजा समाचार

हेटौंडामा १५ दिने “लिटिल क्याम्प” आयोजना हुँदै

हेटौंडा — बागमती प्रदेशको प्रमुख व्यापारिक तथा शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै गएको हेटौंडामा बालबालिकाको…

2 हप्ता अगाडि
थप विवरण
हेटौंडाबाट ३ दिदीबहिनीसहित ५ जना बालबालिका बेपत्ता: फेला पार्नुहुनेले सम्पर्क गर्न आग्रह ताजा समाचार

हेटौंडाबाट ३ दिदीबहिनीसहित ५ जना बालबालिका बेपत्ता: फेला पार्नुहुनेले सम्पर्क गर्न आग्रह

हेटौंडा-११ नवलपुरका सुशील ढुंगानाका ३ छोरीसहित ५ जना बालबालिका ३ दिनदेखि बेपत्ता भएका छन्। फेला…

2 हप्ता अगाडि
थप विवरण
हेटौँडामा भीषण सडक दुर्घटना: हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्राको मृत्यु ताजा समाचार

हेटौँडामा भीषण सडक दुर्घटना: हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्राको मृत्यु

हेटौँडामा मोटरसाइकल र ट्रक ठोक्किँदा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट (HSM) मा अध्ययनरत छात्रा ऐक्या बैद्यको…

2 हप्ता अगाडि
थप विवरण
बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२ सफलतापूर्वक सम्पन्न ताजा समाचार

बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२ सफलतापूर्वक सम्पन्न

बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय, हेटौंडा उपमहानगरपालिका तथा एमसीसीआई कृषि प्रवर्द्धन समितिको संयुक्त आयोजनामा…

3 हप्ता अगाडि
थप विवरण