ताजा समाचार

राक्सिराङ गाउँपालिकामा नेपाली कांग्रेस कार्यसमितिको पूर्ण बैठक सम्पन्न

प्रकाशित मिति

January 29, 2026

पढ्न लाग्ने समय

2 मिनेट पढ्न लाग्ने
राक्सिराङ गाउँपालिकामा नेपाली कांग्रेस कार्यसमितिको पूर्ण बैठक सम्पन्न

राक्सिराङ (मकवानपुर) । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका कार्यसमितिको पूर्ण बैठक प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सम्पन्न भएको छ। बैठक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना को प्रमुख आतिथ्यता तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामा को विशेष आतिथ्यतामा सम्पन्न गरिएको हो।

बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको संगठन सुदृढीकरण, चुनावी रणनीति, जनसम्पर्क अभियान तथा स्थानीय तहमा कांग्रेसको गतिविधिलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले पार्टी संगठनलाई गाउँ–वडास्तरसम्म सक्रिय बनाउँदै जनतासँग प्रत्यक्ष संवाद बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

प्रमुख अतिथि उपाध्यायले लोकतन्त्र, समावेशिता र जनउत्तरदायी शासनका लागि नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै कार्यकर्ताले एकताबद्ध भएर लाग्नुपर्ने बताइन्। उनले राक्सिराङ क्षेत्रका जनताको समस्या र आवश्यकतालाई संसद्मा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरिन्।

विशेष अतिथि लामा ले पार्टी कार्यकर्ता र जनप्रतिनिधिबीचको समन्वय बलियो बनाउँदै संगठनलाई थप गतिशील बनाउने आवश्यकता औंल्याए। उनले जनताको विश्वास जित्ने गरी सकारात्मक र जिम्मेवार राजनीतिक अभ्यासमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरे।

बैठकमा राक्सिराङ गाउँपालिका कार्यसमितिका पदाधिकारी, वडा सभापतिहरू, पार्टीका अग्रज नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले निर्वाचनमा कांग्रेसलाई बलियो रूपमा प्रस्तुत गर्न सामूहिक प्रयास आवश्यक रहेको निष्कर्ष निकालेका छन्।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाउँदै पार्टीले आगामी दिनमा यस्ता बैठक र छलफललाई निरन्तरता दिने जनाएको छ।

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

हेटौंडामा १५ दिने “लिटिल क्याम्प” आयोजना हुँदै ताजा समाचार

हेटौंडामा १५ दिने “लिटिल क्याम्प” आयोजना हुँदै

हेटौंडा — बागमती प्रदेशको प्रमुख व्यापारिक तथा शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै गएको हेटौंडामा बालबालिकाको…

2 हप्ता अगाडि
थप विवरण
हेटौंडाबाट ३ दिदीबहिनीसहित ५ जना बालबालिका बेपत्ता: फेला पार्नुहुनेले सम्पर्क गर्न आग्रह ताजा समाचार

हेटौंडाबाट ३ दिदीबहिनीसहित ५ जना बालबालिका बेपत्ता: फेला पार्नुहुनेले सम्पर्क गर्न आग्रह

हेटौंडा-११ नवलपुरका सुशील ढुंगानाका ३ छोरीसहित ५ जना बालबालिका ३ दिनदेखि बेपत्ता भएका छन्। फेला…

2 हप्ता अगाडि
थप विवरण
हेटौँडामा भीषण सडक दुर्घटना: हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्राको मृत्यु ताजा समाचार

हेटौँडामा भीषण सडक दुर्घटना: हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्राको मृत्यु

हेटौँडामा मोटरसाइकल र ट्रक ठोक्किँदा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट (HSM) मा अध्ययनरत छात्रा ऐक्या बैद्यको…

2 हप्ता अगाडि
थप विवरण
बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२ सफलतापूर्वक सम्पन्न ताजा समाचार

बागमती प्रदेश स्तरीय कृषि प्रवर्द्धन समिति २०८२ सफलतापूर्वक सम्पन्न

बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय, हेटौंडा उपमहानगरपालिका तथा एमसीसीआई कृषि प्रवर्द्धन समितिको संयुक्त आयोजनामा…

3 हप्ता अगाडि
थप विवरण