ताजा समाचार

निर्वाचनमा एमालेको पक्षमा मत सिर्जना गर्न बर्तौलाको आग्रह: कलंकीमा ‘थाहा–काठमाडौं’ भेला सम्पन्न

प्रकाशित मिति

January 30, 2026

पढ्न लाग्ने समय

2 मिनेट पढ्न लाग्ने
निर्वाचनमा एमालेको पक्षमा मत सिर्जना गर्न बर्तौलाको आग्रह: कलंकीमा ‘थाहा–काठमाडौं’ भेला सम्पन्न

१६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले) ले आफ्नो संगठनात्मक तयारीलाई तीव्र बनाएको छ। यही सिलसिलामा आज काठमाडौंको कलंकीमा नेकपा (एमाले) थाहा–काठमाडौं सम्पर्क मञ्चको बृहत् भेला सम्पन्न भएको छ।

भेलाले निर्वाचन अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित बिजय विक्रम श्रेष्ठ को संयोजकत्वमा ‘निर्वाचन परिचालन कमिटी’ गठन गरेको छ। उक्त कमिटीले काठमाडौंमा रहेका थाहा नगरपालिकावासी मतदाताहरूसँग समन्वय गर्ने, उनीहरूलाई मतदानका लागि गाउँसम्म लैजाने र नेकपा (एमाले) को पक्षमा जनमत सिर्जना गर्ने जिम्मेवारी पाएको छ।

भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का उम्मेदवार महेश कुमार बर्तौला ले आसन्न उपनिर्वाचनले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण दिशा तय गर्ने बताएका छन्। उनले काठमाडौंमा रहेका प्रत्येक थाहावासीलाई “एमालेको एम्बेसेडर” का रूपमा भूमिका खेल्दै गाउँ–गाउँमा मत सिर्जना गर्न आग्रह गरे।

“यो केवल एउटा सिटको लडाइँ होइन, यो विकास र समृद्धिको अभियानको निरन्तरता हो, उपयुक्त नीति निर्माणको अभियान हो,” बर्तौलाले भने, “त्यसैले हरेक कार्यकर्ताले अहिलेदेखि नै एमालेको पक्षमा जनलहर पैदा गर्न सक्रिय रूपमा लाग्नुपर्छ।”

एमाले मकवानपुर–२ का निर्वाचन फोकल पर्सन आशिष अस्लामी का अनुसार भेलामा थाहा नगरपालिकाबाट विभिन्न पेशा र व्यवसायका सिलसिलामा काठमाडौंमा बसोबास गर्ने १६० भन्दा बढी सक्रिय कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा संविधानसभा सदस्य सुभाष चन्द्र ठकुरी, सम्पर्क समन्वय अध्यक्ष अशोक ठकुरी, सम्पर्क मञ्च जिल्ला अध्यक्ष चित्र पुलामी, एमाले थाहा नगर उपाध्यक्ष हेम लामा लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

भेलाले काठमाडौंमा रहेका मतदातालाई मतदानका लागि गाउँसम्म लैजाने, टोल–टोलमा चुनावी अभियान विस्तार गर्ने तथा जनसम्पर्कलाई थप सशक्त बनाउने कार्ययोजना समेत पारित गरेको छ।

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

साउनदेखि नागढुंगा टनेल सञ्चालन गर्ने सरकारको तयारी; लोकेश ओलीद्वारा विस्तृत भिडियो सार्वजनिक ताजा समाचार

साउनदेखि नागढुंगा टनेल सञ्चालन गर्ने सरकारको तयारी; लोकेश ओलीद्वारा विस्तृत भिडियो सार्वजनिक

काठमाडौं – नेपालको यातायात क्षेत्रमा एउटा ठूलो परिवर्तन हुँदैछ। यसै क्रममा, सरकारले बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला टनेल…

5 घण्टा अगाडि
थप विवरण
५० लाखसम्मका विद्युतीय सवारी सस्ता हुने, सरकारले ईभी कर नीति परिमार्जन गर्दै People & Leadership

५० लाखसम्मका विद्युतीय सवारी सस्ता हुने, सरकारले ईभी कर नीति परिमार्जन गर्दै

सरकारले ईभी कर नीतिमा परिवर्तन गर्ने तयारी गरेको छ। वित्तमन्त्रीका अनुसार ५० लाख रुपैयाँसम्म मूल्यका…

12 घण्टा अगाडि
थप विवरण
बिजुली उपभोगमा ५ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय; सामाजिक सञ्जालमा तीव्र विरोध ताजा समाचार

बिजुली उपभोगमा ५ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय; सामाजिक सञ्जालमा तीव्र विरोध

काठमाडौँ — नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) को…

1 दिन अगाडि
थप विवरण
सुनको मूल्यमा एकै दिन रु २०,५०० को ऐतिहासिक वृद्धि; प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ पुग्यो ताजा समाचार

सुनको मूल्यमा एकै दिन रु २०,५०० को ऐतिहासिक वृद्धि; प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ पुग्यो

काठमाडौँ — नेपाली सुनचाँदी बजारमा आइतबार एक अभूतपूर्व र ऐतिहासिक मूल्य वृद्धि भएको छ। नेपाल…

1 दिन अगाडि
थप विवरण