ताजा समाचार

मकवानपुरमा उज्यालो नेपाल पार्टीप्रति जनआकर्षण तीव्र, ‘गफ होइन काम’ गर्ने उम्मेदवारलाई समर्थन

प्रकाशित मिति

February 3, 2026

पढ्न लाग्ने समय

2 मिनेट पढ्न लाग्ने
मकवानपुरमा उज्यालो नेपाल पार्टीप्रति जनआकर्षण तीव्र, ‘गफ होइन काम’ गर्ने उम्मेदवारलाई समर्थन

मकवानपुर – पछिल्लो साता उज्यालो नेपाल पार्टीप्रति मकवानपुरवासीहरूको ध्यान उल्लेखनीय रूपमा केन्द्रित भएको छ। स्थानीय नागरिकहरूका अनुसार अब नयाँ वा पुराना जुनसुकै दल भए पनि केवल कुरा र गफमै सीमित हुनेहरूलाई भोट नदिने स्पष्ट धारणा बनिरहेको छ। यसपटकको निर्वाचनमा कामको अनुभव, सक्षमता र योग्यताको आधारमा उम्मेदवार चयन गर्ने मनोवृत्ति बलियो बन्दै गएको देखिन्छ।

स्थानीय जनमत अनुसार उज्यालो नेपाल पार्टीका अगुवा कुलमान घिसिङ, मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा (योञ्जन) तथा क्षेत्र नं. २ का उम्मेदवार डा. प्रबिन कुमार स्यागंतान जिल्ला र देशको सही विकासका लागि अब्बल नेतृत्व दिन सक्ने पात्रका रूपमा हेरिएका छन्। यी उम्मेदवारहरूको काम गर्ने शैली, पेशागत क्षमता र स्पष्ट दृष्टिकोणका कारण जनतामा भरोसा बढ्दै गएको स्थानीयहरू बताउँछन्।

जनउत्साहसँगै पार्टीको संगठनात्मक संरचनासमेत तीव्र रूपमा विस्तार भइरहेको छ। हेटौंडा नगरपालिकाअन्तर्गत वडा नं. १६ भित्र मात्रै तीन वटा वडा कमिटी र दुई वटा टोलस्तरीय कमिटी गठन भइसकेका छन्। यसका साथै वडा नं. १३, १४, १५, ६ र ७,५ मा पनि क्रमिक रूपमा पार्टी संरचना विस्तार हुँदै गएको जनाइएको छ।

त्यस्तै, नगरपालिका बाहिरका ग्रामीण क्षेत्रमा समेत उज्यालो नेपाल पार्टीप्रतिको आकर्षण बढ्दो क्रममा छ। बागमती गाउँपालिका, बकैया गाउँपालिका र गढी गाउँपालिकामा पनि स्थानीय जनताले सक्रिय चासो देखाउँदै पार्टीप्रति समर्थन जनाइरहेका छन्।

समग्रमा, मकवानपुरमा ‘गफ होइन, काम र परिणाम’ को राजनीतिप्रति जनअपेक्षा बलियो बन्दै गएको र त्यसको प्रतिबिम्ब उज्यालो नेपाल पार्टीप्रतिको बढ्दो आकर्षणमा देखिन थालेको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

साउनदेखि नागढुंगा टनेल सञ्चालन गर्ने सरकारको तयारी; लोकेश ओलीद्वारा विस्तृत भिडियो सार्वजनिक ताजा समाचार

साउनदेखि नागढुंगा टनेल सञ्चालन गर्ने सरकारको तयारी; लोकेश ओलीद्वारा विस्तृत भिडियो सार्वजनिक

काठमाडौं – नेपालको यातायात क्षेत्रमा एउटा ठूलो परिवर्तन हुँदैछ। यसै क्रममा, सरकारले बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला टनेल…

6 घण्टा अगाडि
थप विवरण
५० लाखसम्मका विद्युतीय सवारी सस्ता हुने, सरकारले ईभी कर नीति परिमार्जन गर्दै People & Leadership

५० लाखसम्मका विद्युतीय सवारी सस्ता हुने, सरकारले ईभी कर नीति परिमार्जन गर्दै

सरकारले ईभी कर नीतिमा परिवर्तन गर्ने तयारी गरेको छ। वित्तमन्त्रीका अनुसार ५० लाख रुपैयाँसम्म मूल्यका…

14 घण्टा अगाडि
थप विवरण
बिजुली उपभोगमा ५ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय; सामाजिक सञ्जालमा तीव्र विरोध ताजा समाचार

बिजुली उपभोगमा ५ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय; सामाजिक सञ्जालमा तीव्र विरोध

काठमाडौँ — नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) को…

1 दिन अगाडि
थप विवरण
सुनको मूल्यमा एकै दिन रु २०,५०० को ऐतिहासिक वृद्धि; प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ पुग्यो ताजा समाचार

सुनको मूल्यमा एकै दिन रु २०,५०० को ऐतिहासिक वृद्धि; प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ पुग्यो

काठमाडौँ — नेपाली सुनचाँदी बजारमा आइतबार एक अभूतपूर्व र ऐतिहासिक मूल्य वृद्धि भएको छ। नेपाल…

1 दिन अगाडि
थप विवरण