ताजा समाचार

जन्मदिनको अवसरमा शिक्षकद्वारा विद्यार्थीलाई स्टेशनरी सहयोग

प्रकाशित मिति

February 3, 2026

पढ्न लाग्ने समय

१ मिनेट पढ्न लाग्ने
जन्मदिनको अवसरमा शिक्षकद्वारा विद्यार्थीलाई स्टेशनरी सहयोग

हेटौंडा, मिति —२०८२-१०-२०
हेटौंडा उपमहानगरपालिका–१९ स्थित श्री अर्निको माध्यमिक विद्यालयकी शिक्षिका विणा घिसिङ सिटौलाले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गर्नुभएको छ।

शिक्षिका सिटौलाले विद्यार्थीहरूको अध्ययनमा सहजता र शैक्षिक प्रोत्साहन प्रदान गर्ने उद्देश्यले कापी, कलम, पेन्सिललगायत आवश्यक स्टेशनरी सामग्री सहयोग स्वरूप वितरण गर्नुभएको हो। जन्मदिनलाई औपचारिक उत्सवमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोडेर गरिएको यो कार्य अनुकरणीय रहेको सहभागीहरूको भनाइ छ।

कार्यक्रमका अवसरमा विद्यालयका प्रधानाध्यापक बिष्णु परियारले विद्यालयमा कार्यरत सबै शिक्षक–शिक्षिकाहरूको जन्मदिनमा यस्तै शैक्षिक तथा सामाजिक सहयोगका कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। उहाँले शिक्षकहरूको व्यक्तिगत खुसीलाई विद्यार्थीको हितसँग जोड्ने अभ्यासले विद्यालयमा सकारात्मक शैक्षिक वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो।

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा विद्यालय परिवारको उपस्थिति रहेको थियो। सहभागीहरूले शिक्षिका सिटौलाको मानवीय र प्रेरणादायी कार्यको प्रशंसा गर्दै यस्ता गतिविधिले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने धारणा व्यक्त गरेका छन्।

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

साउनदेखि नागढुंगा टनेल सञ्चालन गर्ने सरकारको तयारी; लोकेश ओलीद्वारा विस्तृत भिडियो सार्वजनिक ताजा समाचार

साउनदेखि नागढुंगा टनेल सञ्चालन गर्ने सरकारको तयारी; लोकेश ओलीद्वारा विस्तृत भिडियो सार्वजनिक

काठमाडौं – नेपालको यातायात क्षेत्रमा एउटा ठूलो परिवर्तन हुँदैछ। यसै क्रममा, सरकारले बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला टनेल…

6 घण्टा अगाडि
थप विवरण
५० लाखसम्मका विद्युतीय सवारी सस्ता हुने, सरकारले ईभी कर नीति परिमार्जन गर्दै People & Leadership

५० लाखसम्मका विद्युतीय सवारी सस्ता हुने, सरकारले ईभी कर नीति परिमार्जन गर्दै

सरकारले ईभी कर नीतिमा परिवर्तन गर्ने तयारी गरेको छ। वित्तमन्त्रीका अनुसार ५० लाख रुपैयाँसम्म मूल्यका…

14 घण्टा अगाडि
थप विवरण
बिजुली उपभोगमा ५ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय; सामाजिक सञ्जालमा तीव्र विरोध ताजा समाचार

बिजुली उपभोगमा ५ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय; सामाजिक सञ्जालमा तीव्र विरोध

काठमाडौँ — नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) को…

1 दिन अगाडि
थप विवरण
सुनको मूल्यमा एकै दिन रु २०,५०० को ऐतिहासिक वृद्धि; प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ पुग्यो ताजा समाचार

सुनको मूल्यमा एकै दिन रु २०,५०० को ऐतिहासिक वृद्धि; प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ पुग्यो

काठमाडौँ — नेपाली सुनचाँदी बजारमा आइतबार एक अभूतपूर्व र ऐतिहासिक मूल्य वृद्धि भएको छ। नेपाल…

1 दिन अगाडि
थप विवरण