sudhangurung

पूर्व गृहमन्त्री सुदन गुरुङ पुनः गृह मन्त्रालय फर्किने तयारीमा

सम्पत्ति विवादमा छानबिन समितिबाट निर्दोष साबित भएपछि रास्वपाका सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन्। आज दिउँसो ३ बजे उनको सपथ तय गरिएको छ।

nepal_won

एसियन गेम्स क्वालिफायर फाइनल खेलमा नेपालको ऐतिहासिक जित

एसियन गेम्स क्वालिफायरको फाइनल खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। यस जितसँगै नेपालले आगामी एसियन गेम्सका लागि आफ्नो स्थान पक्का गरेको छ।

warning

ज्ञानेन्द्र शाही अर्थमन्त्री स्वर्णिम वाग्लेविरुद्ध संसदीय छानबिनको माग गर्दै गर्जिए

बजेट सार्वजनिक हुनु अगावै करका दर परिवर्तन सम्बन्धी संवेदनशील सूचना बाहिरिएको भन्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेविरुद्ध संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

nepalcrickettem

एसियाली खेलकुद छनोटको फाइनल आज: उपाधिका लागि नेपाल र हङकङ भिड्दै

सिङ्गापुरमा जारी एसियाली खेलकुद पुरुष टी-२० क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा आज सोमबार नेपाल र हङकङ उपाधिका लागि भिड्दै छन्। सेमिफाइनलमा ओमानलाई हराएको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ।

phone

कक्षा १२ को परीक्षामा जफत गरिएका मोबाइल नष्ट

परीक्षामा चिट चोर्न प्रयोग गरिएका र नियम विपरीत भेटिएपछि जफत गरिएका करिब १ करोड रुपैयाँ बराबरका ५०० थान मोबाइल फोन सिरहामा पानीमा डुबाएर नष्ट गरिएको छ।

kpoli

भदौ २३ र २४ को घटना सरकार ढाल्न रचिएको पूर्वनियोजित षड्यन्त्र हो: केपी शर्मा ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को हिंसात्मक घटना आकस्मिक नभएर राजनीतिक व्यवस्था र तत्कालीन सरकारविरुद्ध रचिएको पूर्वनियोजित षड्यन्त्र भएको गम्भीर आरोप लगाएका छन्।

photo1

“त्यो भिडियो AI हो, मेरो होइन” भन्दै एमाले सांसद रिंगला यादवले दिइन् सफाइ

संसद्‌मा देखिएको तनावपूर्ण दृश्यपछि एमाले सांसद रिंगला यादव सामाजिक सञ्जालमा चर्चामा छिन्। उनले भाइरल भिडियो AI भएको दाबी गर्दै आफूले कुर्सी हानेको नभई उठाएर राख्न मात्र गएको प्रतिक्रिया दिएकी छन्।

नेपाल बंगलादेश साफ महिला च्याम्पियनसिप सेमिफाइनल भोलि हुँदै

नेपाल बंगलादेश साफ महिला च्याम्पियनसिप सेमिफाइनल भोलि ४:१५ बजे हुँदैछ। फाइनल प्रवेशका लागि नेपालले बलियो बंगलादेशको सामना गर्नेछ।